अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५८
| Colorodo: 14:13
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सबै अस्तित्व सम्मान छ भन्दा राजीनामा मागिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । मंगलवार काठमाडौंमा यश कुरारको म्युजिक भिडियो ‘तिमी छौ र त’ सार्वजनिक कार्यक्रममा उनले आफ्नो राजीनामा मागेकोप्रति आक्रोश व्यक्त गर्नुभएको हो ।
उहाँले संविधानको व्याख्या गर्दा राजीनामा दिनुपर्ने होरु भन्दै प्रश्न गर्नुभयो। किराँतीले राजतन्त्रप्रति इंगित गर्दै अहिले जानेर वा नजानेर मानिसहरुले पुरानो व्यवस्थालाई नै ल्याउन खोजेको बताउनुभयो। उहाँले नेपाली समाज र मान्ने वा नमान्ने अर्को पाटो रहेको बताए। मन्त्री किराँतीले आफ्नो निधारमा मन्त्रीको छाप नरहेको र राजीनामा दिन आफू सधैँ तयार रहेको बताउनुभयो। उहाँले आफ्नो लागि धर्म नेपाली, मन्दिर देश र भगवान जनता भएको बताउनुभयो।
