अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४१ | Colorodo: 06:56

चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारी आउँदै

बिआरटीनेपाल २०८० पुष १७ गते ८:२२ मा प्रकाशित

चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी०को युनान प्रान्तका डेपुटी सेक्रेटरी सी युकाङ नेपाल भ्रमणमा आउनुहुने भएको छ । उहाँ पुस १९ गते काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। नेपाल(भारतको संयुक्त आयोगको बैठककै दिन सीपीसी नेता सी युकाङ नेपाल भ्रमणमा आउन लाग्नुभएको हो। नेपाल बसाईका क्रममा उहाँले उपराष्ट्रपति रामसहाय प्रसाद यादव, पर्यटनमन्त्री सुदन किरातीलगायतसँग भेटवार्ता गर्ने बताइएको छ। उहाँले नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूसँग पनि भेट गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।

पर्यटनमन्त्रीसँगको भेटमा युकाङले पोखराबाट चीन सिधा उडानका बारेमा छलफल गर्ने बताइएको छ। चिनियाँ कम्पनीले महँगोमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। सोही दिन भारतीय विदेशमन्त्री एस जयशंकरको टोली पनि नेपाल भ्रमणमा आउँदैछ । भारतीय टोलीमा विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रा र नेपाल डेस्क प्रमुख अनुराग श्रीवास्तव सहितका अधिकारीहरू नेपाल आउँदैछन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय