अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१४ | Colorodo: 22:29

प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा सार्वजनिक बिदा नदिन र बालबालिका प्रयोग नगर्न निर्देशन

बिआरटीनेपाल २०८० पुष १७ गते ८:२२ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रममा सार्वजनिक बिदा नदिन निर्देशन दिनुभएको छ । कार्यक्रममा बालबालिकाहरूलाई समेत सहभागी नगराउन सरकारी निकायलाई निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ ।

रामेछापको सुनापति गाउँपालिकामा पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा पालिकाले सार्वजनिक बिदा दिएपछि प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो । प्रधानमन्त्री सहभागी हुने अन्य कार्यक्रममा सार्वजनिक बिदा नदिन र बालबालिका प्रयोग नगर्न प्रधानमन्त्रीको निर्देशन रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय