अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१६ | Colorodo: 11:31

नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालतको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

बिआरटीनेपाल २०८० पुष १६ गते ६:४५ मा प्रकाशित

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले गरेको आदेश सम्बन्धी कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सोमबार कैफियत प्रतिवेदन माग्ने आदेश गरेको हो । उच्च अदालत,पाटनको आदेशले थुनामा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृह सचिव टेकनारायण पाण्डेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । रायमाझी र पाण्डेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ को निवेदन बिहीबार दिएका हुन् ।

उच्च अदालत पाटनले पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहसचिव पाण्डेसहित ९ जनालाई पुर्पक्षकालागि थुनामा राख्न आदेश दिएको थियो । अदालतले ठगी,लिखत किर्ते,राज्य विरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा थुनामा राख्ने आदेश दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय