अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३७ | Colorodo: 08:52

दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ

बिआरटीनेपाल २०८० पुष १६ गते ६:२८ मा प्रकाशित

भारतको नयाँ दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्दै आएको अभियोगमा एक नेपाली दम्पतीसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा स्याङ्जाको गल्याङ नगरपालिका( ७ ठेगाना भएका ३५ वर्षीय टीकाराम भण्डारी, उनकी श्रीमती ३१ वर्षीया अस्मिता भण्डारी, रिया वली भन्ने टीकाकुमारी वली रहेका छन् ।

विभिन्न होटल, रेस्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाइ समेत राम्रो हुने प्रलोभन देखाई नेपालबाट युवतीहरूलाई भारतको दिल्ली पुर्‍याएर आफैंले भाडामा लिएको अपार्टमेन्टमा वेश्यावृत्तिमा लगाउने गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले सोमबार कञ्चनपुरबाट पक्राउ गरेको हो ।

तीनै जनालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय