अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३८ | Colorodo: 08:53

वरिष्ठ पत्रकार गाेकुल पाेखरेलकाे निधन

बिआरटीनेपाल २०८० पुष १६ गते ६:१३ मा प्रकाशित

नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक तथा वरिष्ठ पत्रकार गोकुल पोखरेलको निधन भएको छ । ८८ वर्षीय पोखरेल केही वर्षयता फोक्सो र मुटुको समस्याले ग्रस्त हुनुहुन्थ्यो ।राष्ट्रिय समाचार समितिको संवाददाताबाट सेवा गर्दै कायममुकायम महाप्रबन्धकसमेत हुनुभएका पोखरेलले गोरखापत्रको प्रधानसम्पादकको भूमिका पनि निर्वाह गर्नुभएको थियो । नेपाली र अङ्ग्रेजी दुवै भाषामा उत्तिकै कलम चलाउने स्व. पोखरेल मानव अधिकार आयोगको सदस्यसमेत बन्नुभएको थियो ।

उहाँ पूर्वीय दर्शनका प्रख्यात विद्वान् तथा समाज सुधारक पण्डित छविलाल पोखरेलका साइँलो छोरा हुनुहुन्थ्यो । उहाँका श्रीमती, दुई छोरी र एक छोरा छन् । नेपाल प्रेस इन्स्टिच्युटले एक विज्ञप्ति निकालेर पाेखरेलकाे निधनबाट नेपाली पत्रकारितामा अपूरणीय क्षति भएको भन्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । उहाँकाे भाेलि मङ्गलवार दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय