अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 16:42

युक्रेनी प्रत्याक्रमणमा रुसी नागरिक मारिएसँगै रुस थप आक्रामक

बिआरटीनेपाल २०८० पुष १५ गते ३:२७ मा प्रकाशित

युक्रेनी प्रत्याक्रमणमा रुसी नागरिक मारिएसँगै रुस थप आक्रामक बनेको छ । रुसले युक्रेनमाथिको आक्रमण थप तीव्र बनाएको छ । रुसको सीमावर्ती सहर बेलगोरोडमा शनिबार भएको युक्रेनी हमलामा रुसी नागरिकको ज्यान गएको थियो । यस आक्रमणको बदला स्वरुप मस्कोले युक्रेनको कीयभ र खार्किभमा ड्रोन आक्रमण तीव्र बनाएको हो ।

आक्रमणमा शहरका आवासीय भवनहरु भीषण आगलागीको चपेटामा परेपनि हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।शुक्रबार रसियाले युक्रेनमाथि गरेको हालसम्मकै ठूलो दाबी गरिएको आक्रमणमा ३९ युक्रेनी मारिएका थिए । यसको बदलामा शनिबार युक्रेनले रुसमा प्रत्याक्रमण गर्दा २० जना मारिएपछि रुस थप आक्रामक बनेको हो ।

कियभ वरपरको क्षेत्रमा युक्रेनको वायु रक्षा प्रणालीहरू रुसी ड्रोन आक्रमण रोक्न लागि परेपनि कियभ र उत्तर–पूर्वी शहर खार्किभमा ड्रोन आक्रमण भएको जनाइएको छ । यी सैन्यक्षेत्र नभएर आवासीय क्षेत्र भएको त्यहाँका मेयर इहोर तेरेखोभले बताएको बीबीसीले जनाएको छ ।नयाँ वर्षको इभमा रसियनले आफ्नो शहरलाई तर्साउन खोजेपनि आफुहरु नडराउने र कसैले परास्त गर्न नसक्ने मेयर इहोरले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू