अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३० | Colorodo: 16:45

इजराइलविरूद्ध दक्षिण अफ्रिकाले हाल्यो अन्तर्राष्ट्रिय अदालतमा मुद्दा

बिआरटीनेपाल २०८० पुष १४ गते ८:३० मा प्रकाशित

दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय अदालतमा इजराइलविरूद्ध मुद्दा दायर गरेको छ। इजराइलले अक्टोबर ७ यता गाजामा गरिरहेको आक्रमण र त्यसबाट हजारौं प्यालेस्टिनियन नागरिकहरू मारिएको विषयमा दक्षिण अफ्रिकाले ऊविरूद्ध अन्तर्राष्ट्रिय अदालतमा नरसंहार मुद्दा दायर गरेको हो। सिएनएनका अनुसार दक्षिण अफ्रिकाले इजराइलमाथि मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धीहरूको उल्लंघन गर्दै गजामा नरसंहार गरेको आरोप लगाएको छ।‘इजराइलले गजामा गरेका सबै क्रियाकलाप र भूलचुक चरित्रमा नरसंहार नै हो किनकी उसले गजामा प्यालेस्टिनियनहरूलाई नष्ट गर्ने उद्धेश्य राखेको छ,’ दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय अदालतमा दिएको निवेदनमा उल्लेख छ। इजराइलले भने दक्षिण अफ्रिकाको आरोपको खण्डन गर्दै मानवअधिकारको रक्षा गर्ने सम्बन्धमा आफू प्रतिबद्ध रहेको बताएको छ।

इजराइलको विदेश मन्त्रालयले विज्ञप्ती जारी गरेर दक्षिण अफ्रिकाले तथ्यहिन र आधारहिन आरोप लगाएको बताएको छ। उसले इजराइल मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुन र सन्धीहरूप्रति प्रतिबद्ध रहेको बताउँदै गजामा निर्दोषहरूमाथि नभई आतकंवादी समूहविरूद्ध सैनिक अपरेसन चलाइएको बताएको छ।ुहामी त्यहाँ आतंकवादी समूह हमास र तिनलाई सहयोग गर्ने अन्य आतंकवादी समूहविरूद्ध कारबाही चलाइरहेका छौं। निर्दोष मानिसहरूलाई क्षति नपुगोस् भन्नेबारे र मानवीय सहायता सहजपूर्वक पुग्ने वातावरण बनाउनेबारे पनि सचेत छौ,’ इसराइली विदेश मन्त्रालयलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ।

इजराइली आक्रमणका कारण गजामा अहिलेसम्म २१ हजार ५ सयभन्दा बढी प्यालेस्टिनियनहरूको मृत्यु भइसकेको छ। हमासले अक्टोबर ७ मा इजराइलमा आक्रमण गर्दा त्यहाँ १० नेपालीसहित १ हजार २ सय जना मारिएका थिए। हमासले त्यहाँबाट विपिन जोशीसहित २३९ जनालाई बन्दी बनाएर गजा पुर्‍याएको थियो। तीमध्ये १३५ जना बन्दी बन्धकमुक्त भइसकेका छन्। संयुक्त राष्ट्रसंघले पनि गजामा युद्धविराम गर्न पटकपटक आह्वान गरेपनि इजराइलले बेवास्ता गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू