क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दा दायर गरेकी गौशाला २६ ९नाम परिवर्तन० ले आज इजलाससमक्ष आफ्नो संक्षिप्त भनाइ राखेकी छिन् । दुवै पक्षको बहस सकिएपछि उनले बोल्नका लागि समय मागेकी थिइन् । न्यायाधीश शिशिरराज ढकालले अनुमति दिएपछि उनले करिब ३ मिनेट बोलेको स्रोतले बताएको छ। आफूले केही दिनअघि सन्दीप लामिछानेलाई ‘धम्कीपूर्ण’ म्यासेज पठाएको उनले इजलास समक्ष स्वीकारेको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार गौशाला सन्दीपलाई ‘जसरी पनि जेल हाल्ने’ आशयसहित म्यासेज गरेकी थिइन् । यस विषयमा आज सन्दीपका वकिलहरुले इजलासमा गुनासो गरेका थिए । यही विषयमा गौशालाले प्रष्टीकरण दिएको स्रोतले जनाएको छ । ‘हो मैले उसलाई ‘जति एटेन्सन सिक गर्ने हो जेलबाहिर हुँदै गर’, उनको भनाइ उद्धृत गर्दै स्रोतले भनेको छ ।
आफ्नो भनाइ राखेपछि फैसला नहुँदै गौशाला अदालतबाट बाहिरिएकी थिईन् । उनी एक व्यक्तिसँग मोटरसाइकलमा चढेर अदालतबाट बाहिरिएको बताईन्छ ।
