अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०६ | Colorodo: 10:21

प्युठानमा गाडी दुर्घटना हुँदा १४ जना घाइते

बिआरटीनेपाल २०८० पुष ११ गते ६:०१ मा प्रकाशित

दाङको भालुवाङ–प्युठान सडक खण्डअन्तर्गत प्युठानको सरुमारानी गाउँपालिका–४ बड्डाडामा गाडी (मिनिबस) दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । प्युठानको बाग्दुलाबाट दाङको भालुवाङका लागि छुटेको लु २ ख ३०९३ नम्बरको गाडी बड्डाडामा दुर्घटना हुँदा एकै परिवारका ७ सहित १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

दुर्घटनामा गम्भीर घाइते भएका २ जनालाई दाङको भालुवाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएकाे छ । अन्य घाइतेमध्ये केहीलाई थप उपचारका लागि बुटवल र भैरहवा पठाइएकाे तथा केहीकाे भालुवाङमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय