अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३२
| Colorodo: 12:47
नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात् यस्मरि पूर्णिमा र ज्यापु दिवस आज मनाईएको छ । दिवसको अवसरमा काठमाडौंमा र्याली निकालियो । र्याली बसन्तपुरमा गएर टुंगिएको थियो। काठमाडौंको नरदेवी मन्दिरबाट सुरू भएको र्याली चोक(चोकमा परिक्रममा गरेर बसन्तपुरमा पुगेर टुंगिएको हो।
हरेक वर्ष धान्य पूर्णिमाको दिनमा काठमाडौं उपत्यका र आसपासका नेवार समुदायले यःमरि पुन्हि मनाउने गर्छन्। नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो। निरन्तर खेती किसानीमा संलग्न हुने मेहनती र पौरखको रित र परम्परा नै ज्यापु संस्कृति हो।
नेवारी समुदायको समेत मूल संस्कृतिको रूपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापु दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिई यस दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिँदै आएको छ।
