अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 15:12

मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको छ : अर्थमन्त्री महत

बिआरटीनेपाल २०८० पुष १० गते ५:०७ मा प्रकाशित

अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताउनुभएको छ ।मंगलबार चितवनमा आयोजित ‘१७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८०’ को उद्घाटन समारोहमा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो ।अर्थमन्त्री महतले विभिन्न तथ्यांकहरुले पनि अर्थतन्त्र सकारात्मक बाटोमा गईरहेको देखाएको उल्लेख गर्दै त्यसलाई उपयोग गर्नुपर्छ भन्ने भाष्यलाई अगाडि बढाउन जरुरी रहेको पनि बताउनुभयो । उहाँले जलविद्युत, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई माथि पु¥याउन सकिने दोहो¥याउनुभयो ।

अर्थमन्त्री महतले देश भित्रै केही गर्न युवाहरुलाई पनि आह्वान गर्नुभयो । नेपालमा केही छैन भन्ने सोचेर बाहिर जाने भन्दा पनि नेपालमा केही गर्न सकिन्छ भन्ने सोच युवाहरुले राखेर अघि बढनुपर्ने उहाँको भनाई थियो । देशमा धेरै गर्न बाँकि रहेकाले अवसर पनि यही रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले सो अवसरलाई उपयोग गर्न युवा उद्यमीहरुलाई आग्रह गर्नुभयो । उहाँले चितवनको पर्यटन क्षेत्रमा थप आकर्षण थप्नका लागि पूर्व–पश्चिम राजमार्ग ६ लेन र जंगल क्षेत्र ४ लेनको बिस्तार गर्ने कार्यलाई सरकारले तत्काल अघि बढाउने घोषणा गर्नुभयो । त्यस अवसरमा अर्थमन्त्री महतले निकुञ्जसम्बन्धि पुरानो ऐन सरकारले संशोधन गर्ने आश्वासन समेत दिनुभयो ।

प्रतिक्रिया