अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३२
| Colorodo: 05:47
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार उहाँले मंगलबार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लाग्नुभएको हो।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । प्रचण्डले भोलि पुस १० गते मंगलबार राष्ट्रको नाममा संम्बोधन गर्ने कार्यक्रम छ ।
