अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३० | Colorodo: 12:45

१७ वर्षपछि फेरि पोखरामा राजा विरेन्द्रको सालिक ठड्याइयो

बिआरटीनेपाल २०८० पुष ९ गते ५:४४ मा प्रकाशित

२०६२र६३ को जनआन्दोलनको बेला तोडफोड भएको राजा विरेन्द्रको सालिक १७ वर्षपछि ठड्याइएको छ। पोखराको रामबजारस्थित विरेन्द्रचोकमा राजा विरेन्द्रको सालिक गएराती पौनै २ बजेको समयमा राखिएको हो। ८ फिट अग्लो ढलोटको सालिक निर्माणमा २५ लाख रुपैयाँ खर्च भएको जनाइएको छ। मध्यरातमा राजा विरेन्द्रको सालिक ठड्याइएपछि राजतन्त्र पुर्नस्थापनाको एजेन्डा बोकेर हिँडेको राष्ट्रिय प्रजातन्त्र पार्टीले राखेको हुनसक्ने अनुमान भइरहेका छन्।

पार्टीले नभइ स्थानीय समितिले निर्माण गरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले बताउनुभयो। गिरीका अनुसार पहिला मनवीर गुरुङ ‘ढासा’को नेतृत्वमा सालिक पुननिर्माण समिति बनेको थियो। त्यो समितिले काम गर्न नसकेपछि अहिले मेजर गणेशबहादुर पौडेलको अध्यक्षतामा नयाँ समिति बनेको छ। समितिका सचिवसमेत रहेका गिरीले सालिक ठड्याइएपनि रंगरोगनको काम बाँकी नै रहेको बताउनुभयो।

तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता क्षेत्रबहादुर केसीको नेतृत्वमा २०५९ सालमा त्यहाँ सालिक स्थापना गरिएको थियो। सालिक राखिएको स्थानलाई विरेन्द्रचोक नामकरणसमेत भएको थियो। पछि उनै क्षेत्रबहादुरको गोली हानेर हत्या गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय