अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२७ | Colorodo: 14:42

न्याय क्षेत्रमा कम्तीमा १ प्रतिशत बजेट छुट्याइनुपर्छ : बार अध्यक्ष घिमिरे

बिआरटीनेपाल २०८० पुष ८ गते ६:१६ मा प्रकाशित

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे कम्तीमा १ प्रतिशत बजेट न्याय क्षेत्रमा छुट्याइदिन सरकारसँग आग्रह गर्नुभएको छ । आइतबार महान्यायाधिवक्ता कार्यालयको ७३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले सो आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘कम्तीमा १ प्रतिशत बजेट न्याय क्षेत्रमा छुट्याइदिनोस् । वकिलहरूको अवस्था खराब छ ।’ अध्यक्ष घिमिरेले पछिल्लो समय फौजदारी न्याय मर्‍यो भन्ने धेरै सुनिएको बताउँदै निर्दोषले सजाय पाउन नहुने र दोषी उम्कन नहुनेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सानातिना मुद्दाका पनि अभियोजन गरेर दुःख दिने गरिएको छ, फौजदारी न्याय मर्‍यो भन्ने धेरै सुनिन्छ, निर्दोषले सजाय नपाउन्, दोषी नउम्किउन् ।’ घिमिरेले न्यायालयमा न्यायाधीश लैजाँदा जजेज कोर्ष गराएर मात्रै लैजानुपर्नेमा जोड दिनुभयो । न्यायाधीश सिफारिस र नियुक्ति गर्दा सबैको अधिकार हो भन्ने कुरामा समेत ध्यान दिन उनले सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । घिमिरेले भन्नुभयो, ‘वकिलबाट न्यायाधीश बनाउने कुरा गिफ्ट होइन, हक हो ।’ उहाँले अब कर नतिर्ने वकिलको लाइसेन्स रिन्यु नहुने समेत बताउनुभयो । घिमिरिले भन्नुभयो, ‘यस वर्ष कानुन व्यवसायीले १ अर्ब कर तिरिसकेका छन् । अब कर नतिर्ने वकिलको लाइसेन्स रिन्यु हुँदैन ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय