अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३९ | Colorodo: 04:54

लुम्बिनीका नवनियुक्त २ जना मन्त्रीले शपथ लिए

बिआरटीनेपाल २०८० पुष ८ गते ५:४६ मा प्रकाशित

लुम्बिनी प्रदेशका नवनियुक्त दुई जना मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।आज आइतवार प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओवादी केन्द्र) की कृष्णा केसी र नेपाली कांग्रेसका सराेज थापालाई शपथ गराउनुभएकाे हाे ।

केसी सहरी विकास मन्त्री र थापा उद्याेग तथा यातायात मन्त्री नियुक्त हुनुभएकाे थियाे । मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले हिजाे शनिवार केसी र थापालाई मन्त्री नियुक्त गर्नुभएकाे थियाे । लुम्बिनीमा सरकार गठन भएको आठ महिनापछि तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको हाे । याेसँगै लुम्बिनी प्रदेश मन्त्रिपरिषद् नाै सदस्यीय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय