अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५८ | Colorodo: 21:13

भारतबाट उद्धार गरिएका ८ बालक परिवारको जिम्मा लगाइयो

बिआरटीनेपाल २०८० पुष ७ गते ६:१८ मा प्रकाशित

रौतहटको विभिन्न पालिकामा घर भई लामो समय देखि भारतको मुम्बई स्थित बालगृहमा रहेको ८ जना बालकलाई उद्धार गरी परिवारको जिम्मा लगाइएको छ l स्थानीय दुर्गाभगवती गाउँपालिका, ईसानाथ र राजपुर नगरपालिका लगायत स्थानीय तहका ८  बालकहरूलाई शनिवार अभिभावकको जिम्मा  लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय गौरमा  प्रहरीको रोहवरमा बालकहरूलाई अभिभावकको जिम्मा लगाइएको हो l  विगत करिब ४ महिनादेखि भारतको मुम्बईस्थित बालगृहमा ती बालबालिका राखिएको थियो । उद्धार गरी अभिभावकको जिम्मा लगाइएका बालकहरू १३ देखि १६ वर्षा उमेर समूह रहेका थिए l विभिन्न बहानामा भारतको मुम्बई पुगेका ति बालकहरू विभिन्न ब्याग फ्याक्ट्रीहरुमा काममा लगाइएको थियो । मुम्बई प्रहरीले ब्याग फ्याक्ट्रीमा छापामारी गर्दै ती बालकहरूको उद्धार गरेको थियो l उद्धार पछि ती बालकहरूलाई मुम्बईमा रहेको बाल गृहमा राखिएको थियो l १८ वर्ष उमेर नपुगे सम्म बालबालिकालाई काममा लगाउनु गैर कानुनी रहेकोले प्रहरीले विभिन्न कारखानाहरूमा कारबाही गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय