अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१२
| Colorodo: 11:27
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हमासको अपहरणमा परेका विपीन जोशीको सकुशल मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले जोशीको रिहाइका लागि सरकारले कूटनीतिक प्रयास गरिरहेको बताउनुभएको हो ।
प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपालीको मृत्युसमेत भएको थियो। त्यसक्रममा जोशी हमासको नियन्त्रणमा परेको बताइन्छ ।
