अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रको महत्त्वपूर्ण भूमिका : अर्थमन्त्री

बिआरटीनेपाल २०८० पुष ७ गते ५:२३ मा प्रकाशित

अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । सूचना प्रविधि क्षेत्रको विकाका निम्ति सरकारले सकेसम्म योगदान गर्ने उहाँले बताउनुभयो । कक्षा–१२ पछि विदेश जाने चलनलाई रोक्दै सूचना प्रविधिमा युवालाई स्वदेशमा नै परिचालन गर्नुपर्नेमा मन्त्री महतले जोड दिनुभयो ।

सरकारले आईटी नीति बजेटमार्फत व्यावहारिक कार्यान्वयनतर्फ लगिएको जानकारी दिँदै ५० प्रतिशतभन्दा थोरै कर लगाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो । राज्यले दिएको सुविधाले आईटी बिजनेस बढाउन मद्दत पुग्ने पनि मन्त्री डा. महतले बताउनुभयो । आउँदा दिनमा आईटी नीति अझ सहज हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय