अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४५ | Colorodo: 06:00

संसद सुचारु हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामति ऐन ल्याउँछौं : मन्त्री गुरुङ

बिआरटीनेपाल २०८० पुष ७ गते ४:५५ मा प्रकाशित

कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसद सुचारु हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामति ऐन ल्याउने बताउनुभएको छ । शनिबार पार्टीको बागमती प्रदेशस्तरीय प्रथम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उहाँले संसद सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामति ऐन ल्याउने बताउनुभएको हो । उहाँले संघीय प्रहरी ऐन, संघीय कर्मचारी ऐन र शिक्षा विधेयकहरु संसद सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत ल्याउने बताउनुभयो ।

मन्त्री गुरुङले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन छिटै संघीय कानूनहरु पारित गर्ने तयारीमा रहेको बताउनुभयो । उपसभापति गुरुङले कांग्रेसको आनीबानी र व्यवहारमा सुदृढ गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय