अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

सांसद राणाको आरोपप्रति क्यान महानिर्देशक अधिकारीको असहमति

बिआरटीनेपाल २०८० पुष ५ गते ६:१९ मा प्रकाशित

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपाली कांग्रेस सांसद उदय समशेर राणाले इयुको रिपोर्टका विषयमा झुटो बोलेको भन्ने आरोपप्रति असहमति जनाउनुभएको छ ।बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै कांग्रेस सांसद राणाले युरोपियन युनियनको रिपोर्टका विषयमा अधिकारीले झुटो बोलेको अरोप लगाएपछि महानिर्देशक अधिकारले आरोपमाथि असहमति प्रकट गर्नुभएको हो ।

महानिर्देशक अधिकारीले युरोपियन युनियनले पठाएको सेफ्टी रिपोर्ट आफूले हुबहु पढेको भन्दै झुटो बोलेको आरोपप्रति आफ्नो भद्र असहमति रहेको बताउनुभयो । उहाँले युरोपियन युनियनले नेपाल वायुसेवा निगममै फोकस भएर अडिट गरी निगमको कमजोरी रिपोर्टमा स्पष्ट रुपमा ‍औंल्याएको दाबी गर्नुभयो ।उहाँले आफूले कानूनले तोकेको जिम्मेवारीअनुसार काम गर्दै आएको भन्दै कानून ठिक छैन भनेर आफूले कसरी भन्ने ? भन्दै प्रश्‍न गर्नुभयो । उहाँले युरोपियन युनियनको सेफ्टी रिपोर्टको कालोसूचिबाट मुक्त हुँदा नेपाल एयरलाइन्सको वाइडबडी जहाज नै युरोप जाने भन्दै अन्य कुनैपनि एयरलाइन्स नजाने बताउनुभयो । उहाँले नेपाल एयरलाइन्सको जहाज नै युरोप जाने भएको कारणले नेपाल एयरलान्समा नै केन्द्रित भएको बताउनु भयो । यता, इयुले हिमालय एयरलाइन्सको पनि फाइल हेरेको र ठिक रहेको भन्दै अडिट गर्न भने नगएको बताउनुभयो ।

बैठकमा नेपाली कांग्रेसका सांसद उदय समशेर राणाले क्यान,नेपाल एयरलाइन्स र मन्त्रीको फरक कुराले अलमलमा परेको बताउनुभयो । उहाँले क्यानका महानिर्देशकले समितिलाई भनेको कुरा र रिपोर्टमा भनेको कुरा फरक रहेको बताउनुभयो । उहाँले क्यानका महानिर्देशक अधिकारीले युरोपियन युनियनले हवाई सेपm्टीको रिपोर्टको विषयमा झुटो बोल्नुभएको आरोप लगाउनुभयो । उहाँले रिपोर्ट पढ्दै ०.५६ देखि ०.६२ सम्म अधिकांश ठाउँमा क्यानको कमजोरीहरु भनेको बताउनुभयो । त्यस्तै, बैठकमा बोल्दै नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले आईकाओको कालोसूचिबाट हट्न मात्रै नभएर नियमनकारी निकाय क्यानको नियमअनुसार जहाजहरु उडान गरिहेको बताउनुभयो । उहाँले निगमले जनशक्ति,प्राविधिक र सिस्टमलाई पालना गरेको दाबी गर्नुभयो । उहाँले क्यानले वर्षमा एकपटक वायुसेवा निगमको पूर्ण अडिट गर्ने र आवश्यकताअनुसार बीचमा पनि अडिट गरेर नियमअनुसार भए/नभएको प्रमाणित गर्ने गरेको बताउनुभयो ।

अध्यक्ष युवराज अधिकारीले रिपोर्टमा देखिएका २५ वटा सुझावमा २० वटा पूर्ण रुपमा निराकरण भएको र ३ वटा एक महिनाभित्रमा पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले दुईवटा तालिम लगायतका विषय रहेकाले प्रक्रियामा गएको बताउनुभयो । उहाँले नेपाल वायुसेवा निगमले ईयुको मात्रै नभएर अन्य अन्तर्राष्ट्रिय मापदण्डहरु समेत पालना गर्दै आफ्ना जहाजहरु उडान गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय