अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६ | Colorodo: 08:41

सर्लाहीका उखु किसानले तोडे अनसन

बिआरटीनेपाल २०८० पुष ५ गते ६:१८ मा प्रकाशित

उखुको मूल्य तोक्नुपर्ने लगायतका माग राखी अनसनमा बस्दै आएका सर्लाहीको हरिवन नगरपालिका-११ का शेष इस्तिहारले अनसन तोडेका छन् । गत सोमबारदेखि ईन्दुशंकर चिनी उद्योगको मूलगेटमा अनसन सुरु गरेका इस्तिहारले बिहीबार अनसन तोडेका हुन् ।

स्वास्थ्य अवस्था एक्कासी बिग्रिएपछि उनले अनसन तोडेका हुन् । मधेश प्रदेशका मुख्य मन्त्री सरोज यादवको हातबाट जुस खाएर उनको अनसन तोडिएको थियो । सरकारले उखुको न्युनतम मूल्य तोकिसकेको भन्दै अरु किसानहरुको आन्दोलन पनि स्थगित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय