अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४९ | Colorodo: 08:04

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन प्रधानमन्त्रीले जिम्मेवारीबोध गर्नुपर्छः मिनेन्द्र रिजाल

बिआरटीनेपाल २०८० पुष ४ गते ५:५८ मा प्रकाशित

नेपाली काँग्रेसका नेता डा। मिनेन्द्र रिजालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले जिम्मेवारीबोध गर्नुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा भएको संक्रमणकालीन न्यायमा बारुदी सुरुङ र बिष्फोटक पदार्थका पीडितहरुको न्याय तथा माइन एक्शनमा समावेशिताको सवाल विषयक गोष्ठीमा बोल्दै रिजालले यस्तो बताउनुभएको हो । उहाँले विस्तृत शान्ति सम्झौता हस्ताक्षर गरेको १७ वर्ष पुगिसक्दा पनि ३ पटक सशस्त्र द्धन्दको नेतृत्व गर्ने नेता प्रधानमन्त्री भइसक्दा किन टुंगिन नसकेको भन्दै प्रश्न गर्नुभयो।

नेता रिजालले सशस्त्र बिद्रोहको नेतृत्व गरेको शक्ति सत्ताको छेउछाउमा मात्रै पुगेको भएपनि पन्छिने ठाउँ रहेको तर नेतृत्व नै गरिसक्दा पनि किन टुंग्याउन नसकेको भन्नेकुरा रहस्यपूर्ण रहेको बताउनुभयो। उहाँले राजनीतिका फाइदा र बेफाइदाका बीचमा शान्ति प्रक्रियाका कामहरु बाँकी रहेको बताउनुभयो। नेता रिजालले भन्नुभयो ,‘विस्तृत शान्ति सम्झौता हस्ताक्षर गरेको आज १७ वर्ष पुगिसक्दाखेरी ३ पटक सशस्त्र द्धन्दको नेतृत्व गर्ने नेता, प्रधानमन्त्री भइसक्नुभयो। अहिले पनि प्रधानमन्त्री हुनुहुन्छ । दोष कता लगाउने ?  दोष सशस्त्र बिद्रोहको नेतृत्व गरेको शक्ति सत्ताको छेउछाउमा मात्रै पुगेको भए, सत्तामा पनि यति मज्जाले बस्न सक्ने अवस्था नबनेको भए बाँकी हिजोका तथाकथित जुन पक्षलाई परास्त गर्न द्धन्द भएको थियो नि। तिनलाई दोष लगाएर उम्किन पाउने ठाउँ हुन्थ्यो होला। अर्थात म जस्ता मान्छेलाई।’

नेता रिजालले थप्नुभयो,‘हिजोसम्म प्रजातान्त्रिक बाटोमा, हिजोको संविधानको बाटोमा बसेको भए। तर आज त त्यो भन्दा अगाडि त देश धेरै अघि गइसक्यो । मलाई कसैलाई दोष लगाउनुपर्ने जरुरत भएर होइन, यत्तिमात्र स्मरण गर्नका लागि की आज देशको प्रधानमन्त्री यो द्वन्द्वको नेता हुनुहुन्छ। हामी पनि छाँै, उहाँसँग। त्यत्तिकै जिम्मेवारी भएको दल आज प्रमुख प्रतिपक्षमा छ। हिजो द्धन्दरत पक्षसँग मिलेर सरकार बनाउने काम विपक्षीले पनि गरेको छ। राजनीतिका फाइदा र बेफाइदाका बीचमा यी काम बाँकी रहे। बाँकी रहनु उचित होइन।’ प्रधानमन्त्री प्रचण्ड शान्ति प्रक्रिया टुंग्याउनुपर्छ भन्ने भन्दा पनि सत्तामा धेरै केन्द्रित हुने हो भने संक्रमणकालीन न्याय टुंगिन कठिन रहेको नेता रिजालको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय