अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०४ | Colorodo: 14:19

यूएईबाट काठमाण्डाै आएकाे जहाजको शौचालयमा नवजात शिशु फेला

बिआरटीनेपाल २०८० पुष ४ गते ५:४१ मा प्रकाशित

एअर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार यूएईबाट काठमाण्डौ आएको एअर अरेबियाको जहाजको शौचालयमा शिशु फेला परेको हो ।

यो जहाज यूएईको शारजाह विमानस्थलबाट आज बुधवार बिहान ९ बजेर १० मिनेटमा काठमाण्डौ विमानस्थलमा अवतरण गरेको थियो । ‘जहाजको शौचालयमा शिशु भेटिएको थियो, वैदेशिक रोजगारीबाट फर्किएकी एक महिलाको शिशु भएको आशङ्कामा ती महिला र शिशुलाई प्रहरीले अस्पताल लगेको छ’, प्रवक्ता झाले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय