अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२७ | Colorodo: 15:42

पाँच महिनामा साढे २४ अर्ब रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता

बिआरटीनेपाल २०८० पुष २ गते ५:४१ मा प्रकाशित

चालु आर्थिक वर्षको पाँच महिनामा नेपालमा साढे २४ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागकाअनुसार साउनदेखि मंसिरसम्ममा २ सय २० वटा उद्योगमा २४ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो । नयाँ उद्योगमा लगानी गर्नको लागि २० अर्ब ६१ करोड रुपैयाँ र पुराना उद्योगमा लगानी थपको लागि तीन अर्ब ७४ करोड रुपैयाँको प्रतिबद्धता आएको विभागले जनाएको छ ।

लगानी प्रतिबद्धता भएकामध्ये ३ वटा ठूला उद्योग, ७ वटा मध्यम र १ सय ८९ वटा साना उद्योग दर्ता भएका छन् । सबैभन्दा धेरै आकर्षण पर्यटन क्षेत्र अन्तर्गत होटलमा देखिएको छ । वैदेशिक लगानीको आधा हिस्सा होटल क्षेत्रको लागि रहेको छ । प्रतिबद्धता अनुसार लगानी भएमा नयाँ र पुराना उद्योगबाट थप १० हजार १ सय २० जनाले रोजगारी पाउने विभागको भनाइ छ । मंसिरमा मात्रै विदेशी लगानीमा २१ वटा नयाँ उद्योग दर्ता भएका छन् भने २ अर्ब २५ करोड ६२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू