अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१४ | Colorodo: 09:29

एनसेलमा प्रचण्डले अर्बौंको भ्रष्टाचार गर्‍यो भन्ने फटाहाको मुखमा अहिले बुजो लागेको छ: प्रधानमन्त्री

बिआरटीनेपाल २०८० पुष १ गते ६:२६ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा आफू नेतृत्वको सरकारले थालेका कामबाट आतङ्कित भएका केही मानिसले एनसेलमा प्रचण्डले अर्बौंको भ्रष्टाचार गरेको प्रचारबाजी गर्ने गरेको बताउनुभएको छ । आइतबार महोत्तरीस्थित जनता मावि गौरीडाँडाको स्वर्ण महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘अहिले मेरो नेतृत्वको सरकारले विश्वव्यापी रूपमा र देशभरि पनि सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा थालेका कामहरू, अर्थतन्त्र सुधारका निम्ति थालेका कामहरूबाट आतङ्कित भएर एनसेलमा अर्बौंको भ्रष्टाचार गर्‍यो प्रचण्डले भन्ने प्रचार भएको देखेँ मैले।’

आफू दुबईमै हुँदा एनसेलको सेयर बिक्री भएका खबर अनलाइनबाट थाहा पाएको उल्लेख गर्नुभएका प्रधानमन्त्री प्रचण्डले नेपाल आएपछि यसबारे गठबन्धन र मन्त्रिपरिषद बैठकमा छलफल गरी छानबिन समिति गठन गरेको बताउनुभयो । ‘एनसेलसम्बन्धी भएका गतिविधिको समग्र छानबिनका लागि समिति बनाएपछि ती फटाहाहरू जसले जानिबुझी सरकारले राम्रो काम गरेकोमा जनतालाई भ्रम दिने षड्यन्त्रअन्तर्गत प्रचारबाजी गरेका थिए, तिनीहरूको मुखमा अहिले बुजो लागेको छ,’ प्रधानमन्त्रीले भन्नुभयो । सरकारले सुरू गरेका राम्रा काममा जनताले सहयोग गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय