अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२५ | Colorodo: 17:40

नेकपा एमालेको संकल्प यात्रा सम्पन्न

बिआरटीनेपाल २०८० पुष १ गते ५:४२ मा प्रकाशित

नेकपा एमालेले सुदूरपश्चिमको बैतडीबाट शुरु गरेको संकल्प यात्रा आज पाँचथर पुगेर समापन भएको छ । मंसिर १४ गते बैतडीस्थित झुलाघाटमा झण्डोत्तलन गरी शुरु गरिएको यात्रा मध्यपहाडी लोकमार्गमा पर्ने जिल्लाहरु हुँदै पाँचथरको चिवाभञ्ज्याङ पुगेको थियो ।यात्राको अन्तिम दिन आज पाँचथरको सदरमुकाम फिदिमदेखि चिवाभन्ज्याङसम्म यात्रा आयोजना गरिएको थियो ।  चिवाभञ्ज्याङमा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय झन्डा फहराएर यात्रा समापन गर्नुभएको हो ।

बैतडीबाट शुरु भएको यात्रा डडेलधुरा, डोटी, अछाम, दैलेख, सुर्खेत, सल्यान, रुकुम, गुल्मी, बाग्लुङ, पर्वत, कास्की, लमजुङ, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम र पाँचथरको चिवाभन्ज्याङ पुगेको हो । ती सवै जिल्लाहरुमा आयोजना भएका कार्यक्रमहरुमा अध्यक्ष ओलीले सम्बोधन गर्नुभएको थियो ।काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिमको वैतडीबाट शुरु गरेको संकल्प यात्रा आज पाँचथर पुगेर समापन भएको छ ।

मंसिर १४ गते वैतडीस्थित झुलाघाटमा झण्डोत्तलन गरी शुरु गरिएको यात्रा मध्यपहाडी लोकमार्गमा पर्ने जिल्लाहरु हुदै पाँचथरको चिवाभञ्ज्याङ पुगेको थियो । यात्राको अन्तिम दिन आज पाँचथरको सदरमुकाम फिदिमदेखि चिवाभन्ज्याङसम्म यात्रा आयोजना गरिएको थियाृे । चिवाभञ्ज्याङमा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय झन्डा फहराएर यात्रा समापन गर्नुभएको हो ।

बैतडीबाट शुरु भएको यात्रा डडेलधुरा, डोटी, अछाम, दैलेख, सुर्खेत, सल्यान, रुकुम, गुल्मी, बाग्लुङ, पर्वत, कास्की, लमजुङ, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम र पाँचथरको चिवाभन्ज्याङ पुगेको हो । ती सवै जिल्लाहरुमा आयोजना भएका कार्यक्रमहरुमा अध्यक्ष ओलीले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय