अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३० | Colorodo: 02:45

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक शुरु

बिआरटीनेपाल २०८० पुष १ गते ५:४१ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि काठमाडौंको धुम्बाराहीमा सुरु भएको छ । बैठक मंगलवारसम्म चल्ने जनाइएको छ । बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षाबारे जानकारी गराउनुभएको छ । उहाँले पार्टी नेपाली राजनीतिमा पुस्तारण संभव छ, परिवर्तन संभव छ भन्ने कुरा प्रमाणित गर्न सफल भएको दाबी गर्नुभयो ।

अध्यक्ष लिङदेनले नेपालमा हिन्दू राष्ट्रको आवश्यकता, संघीयता खारेजी, राजासहितको संविधान निर्माणका विषय उठान असंवैधानिक होइन भन्ने मान्यता स्थापित गर्न पनि सफल भएको बताउनुभयो । बैठकमा पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय