प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रले आम जनतालाई सार्वभौम बनाएको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले जनताका अधिकारलाई संविधानमार्फत् सम्पन्न बनाउने युगान्तकारी घोषणा गरेको बताउनुभयो । हेटौंडामा शनिबार आयोजित मानव सेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले इतिहासमा नै पहिलोपटक जनताका हक अधिकार सुनिश्चित गर्न संविधानले व्यवस्था गरिएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले शिक्षा र रोजगारीको ग्यारेन्टी संविधानले गरेको बताउदै कार्यान्वयनको पाटोलाई सशक्त बनाउन जरुरी रहेको रहेको बताउनुभयो । अब छिट्टै सरकारको घोषणाअनुसार भवन निर्माणको काम अघि बढ्ने र आश्रमलाई सवारी साधनको व्यवस्था पनि हुने उहाँले बताउनुभयो। मानवसेवा आश्रमलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ नगद उपलब्ध गराउने सम्बन्धमा प्रयत्नरत रहेको प्रधानमन्त्रीको भनाई थियो ।
