अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३७
| Colorodo: 16:52
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसी अनशन बसेको विरोधमा धनगढीमा शनिबार प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेशबासीको माग विपरीत केसीले अनसन बसेको भन्दै प्रर्दशन गरेको हो ।
संघर्ष समितिले डा. केसीविरुद्ध नाराबाजी समेत गरेको छ । डा। केसी शुक्रबार साँझदेखि धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनमा बस्नुभएको छ । सरकारले विगतमा गरेका सहमति कार्यान्वयन गर्न माग गर्दै अनसन बसेका डाक्टर केसी शुक्रबार साँझ गेटा मेडिकल कलेजमा अनसन बस्न जानुभएको थियो ।
तर शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले अवरोध गरेपछि उहाँ धनगढी पुगेर अनसन बस्नुभएको थियो ।
