अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२५ | Colorodo: 20:40

युक्रेनका लागि हङ्गेरीले रोकेको ५० अर्ब युरो सहायताको अवरोध हटाउने ईयू प्रमुखको प्रतिबद्धता

बिआरटीनेपाल २०८० मंसिर ३० गते ३:०९ मा प्रकाशित

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले युक्रेनका लागि हङ्गेरीले रोकेको ५० अर्ब युरो सहायताको अवरोध हटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले आउँदो शिखर सम्मेलनमा सहायता प्याकेजको अवरोध हटाउन उपायहरुको खोजी गर्ने बताउनुभयो । ब्रसेल्समा ईयू नेताहरुसँगको भेटपछि प्रमुख लेयेनले अबको दोस्रो हप्ता अर्थात् अर्को वर्षको शुरुमै हुने शिखर सम्मेलनमा जे भए पनि आफूहरूसँग अवरोधलाई पन्छ्याउने उपाय हुने सार्वजनिक गर्नुभएको बीबीसीले जनाएको छ ।

हङ्गेरीले भिटो अर्थात् विशेषाधिकार प्रयोग गर्दै युक्रेनको सहायता रोकेको छ । रुससँगको लडाइँमा युक्रेन ईयू र अमेरिकाको आर्थिक सहायतामा निर्भर छ । हङ्गेरीको रुससँग निकट सम्बन्ध छ । उसले लामो समयदेखि युक्रेनको ईयू सदस्यताबारे विरोध जनाए पनि त्यसलाई लिएर भिटो प्रयोग गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू