अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१४ | Colorodo: 20:29

सुर्तीजन्य उत्पादनहरूमा प्रतिबन्ध लगाउन संसारका सबै देशलाई डब्ल्यूएचओको आग्रह

बिआरटीनेपाल २०८० मंसिर २९ गते ६:१९ मा प्रकाशित

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले संसारका सबै देशहरूलाई सुर्तीजन्य उत्पादनहरूमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ ।डब्ल्यूएचओले विभिन्न स्वादमा उपलब्ध गराइने ई–चुरोट (भेप) को प्रयोगबाट युवाहरू निकोटिनको लतमा परेको  उल्लेख गर्दै त्यसलाई रोक्न आग्रह गरेको हो ।

विभिन्न स्वादमा दिइने ई–चुरोटले युवालाई लतको सिकार बनाउँदै लगेको डब्ल्यूएचओले जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले १३–१४ वर्षका बालबालिकाहरूले ई–सिगरेट प्रयोग गरिरहेका भन्दै उनीहरू निकोटिनको लतमा परेकाले पनि यस विषयमा कडा कदम चाल्न जरुरी भएको उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू