अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१२ | Colorodo: 14:27

थमन विक हत्या प्रकरण : ७ जनालाई जन्मकैद, एमाले सांसद काेइरीलाई सफाइ

बिआरटीनेपाल २०८० मंसिर २८ गते ६:३१ मा प्रकाशित

महोत्तरीमा आठ वर्षअघि भएको सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा जिल्ला अदालत महोत्तरीले सात जनालाई जन्मकैदको सजाय सुनाएको छ । यो मुद्दामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मीमहतो कोइरीले भने सफाइ पाउनुभएको छ । मधेस आन्दोलनका क्रममा २०७२ भदौ २५ गते असई विकको हत्या भएको थियो । यो मुद्दामा २०७५ साउन २८ गते महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

आज बिहीवार जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अभियुक्तहरू सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको अदालतकी स्रेस्तेदार नुतन झाले जानकारी दिनुभयो । यस प्रकरणमा अभियोग लागेका १९ जना अझै फरार छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय