नेपालका लागि इजरायली राजदूत खनान गोदरले हमासको आक्रमणमा ज्यान गुमाएका कैलालीका दुई विद्यार्थीका आफन्तलाई घरमै पुगेर भेट्नुभएको छ । राजदूत गोदरले ‘अर्न एण्ड लर्न’ कार्यक्रममा इजरायल गएर हमासको आक्रमणबाट ज्यान गुमाएका घोडाघोडी नगरपालिका वडा(४ जनकपुरका नारायणप्रसाद न्यौपाने र जोशीपुर गाउँपालिका वडा(५ का आशिष चौधरीका आफन्तलाई आज घरमै पुगेर भेट्नुभएको हो । इजरायलको एलुमिम फर्ममा कार्यरत सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कुल अफ एग्रिकल्चरका दश जना विद्यार्थीले गत असोज २० गते हमासको आक्रमणमा ज्यान गुमाएका थिए।
स्कुल अफ एग्रिकल्चरद्वारा मंगलबार आयोजित शोकसभामा पुगेका राजदूत गोदरले मृतकका परिवारका सबै सदस्यसँग भेट गर्न घरमै पुगेको बताउनुभयो। ‘मैले इजरायल जानुअघि ती प्रत्येक विद्यार्थीसँग तिमी को होरु तिम्रो भावी योजना के होरु किन जान चाहन्छौंरु भनेर सोधेको थिएँ,’ राजदूत गोदरले भन्नुभयो, ‘उनीहरू केही नयाँ प्रविधि सिकेर नेपाल फर्किने योजनाका साथ गएका थिए। दुर्भाग्य उनीहरू आतंककारी हमासको आक्रमणमा परेको घटनाले हामी निकै दुःखित छौं।’
मृतकको परिवारका सदस्यलाई सान्त्वना दिँदै राजदूत गोदरले पाहुनाका रूपमा इजरायल गएर ज्यान गुमाएका प्रत्येक परिवार अब इजरायलका लागि आफ्नै परिवारसरह भएको बताउनुभयो। ‘उनीहरू इजरायल जाँदा पाहुनाको रूपमा गएका हुन्। घटनापछि उनीहरू हाम्रो परिवारका सदस्य हुन्। तपाईँ अब हाम्रो परिवार हो’, न्यौपानेका आफन्तसँग राजदूत गोदरले भन्नुभयो, ‘हामी मासिकरूपमा इजरायली नागरिकले प्राप्त गर्ने सेवा र सुविधा तपाईँहरूलाई प्रदान गर्नेछौं। तपाईँहरूको पीडामा इजरायल आजीवन रहनेछ।’
राजदूत गोदरले परिवारका सबै सदस्यबारे सोधखोज गर्नुभएको थियो। यता जोशीपुरमा आशिष चौधरीको परिवारलाई भेट्दै गोदरले उक्त घटना क्रूरताको पराकाष्टा रहेको बताउनुभयो। ‘हमास आतंककारीले अन्धाधुन्ध हत्या गरे। विदेशीहरू, बालबालिका, महिला कसैलाई केही पनि सोधेनन्’, गोदरले भन्नुभयो, ‘लोकतन्त्रको सामान्य मान्यताको ख्यालसमेत नगरी गरिएको आक्रमणमा परी ज्यान गुमाएका विद्यार्थीको परिवारप्रति इजरायलको संवेदना छ। हामी सधैं साथमा रहनेछौं।ु
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहसँगै मृतकका परिवार भेट्न पुगेका राजदूत गोदरले विपिन जोशीको सकुशल रिहाईका लागि इजरायलले जस्तोसुकै कदम चाल्ने बताउनुभयो। ‘हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि इजरायली सरकारले कुनै कसर बाँकी राख्नेछैन,’ गोदरले भन्नुभयो ‘हामी उनको सकुशल रिहाई र फिर्ताको लागि पहल गरिरहेका छौं।’
