अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२० | Colorodo: 14:35

जलवायु परिवर्तनको प्रभाव र नेपालमा व्यवसाय अनुकूलनसम्बन्धी प्रतिवेदन सार्वजनिक

बिआरटीनेपाल २०८० मंसिर २७ गते ६:१९ मा प्रकाशित

नेपाल उद्योग परिसंघ (सीएनआई) र प्राइस वाटर हाउस कुपर्स (पीडब्लूसी) भारतले संयुक्तरूपमा तयार पारेको जलवायु परिवर्तनको प्रभाव र नेपालमा व्यवसाय अनुकूलन सम्बन्धि प्रतिवेदन सार्वजनिक गरिएको छ । सीएनआई र पीडब्लूसीले तयार पारेको अध्ययन प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरी सार्वजनिक गरिएको हो । नेपालको अर्थतन्त्र र व्यवसायमा जलवायु परिवर्तनको प्रभाव सम्बोधन गर्ने नेपालको प्रयास र निजी क्षेत्रको पहलका रूपमा यसलाई महत्त्वपूर्ण मानिएको छ ।

अध्ययन प्रतिवेदनमा जलवायु परिवर्तनका कारण नेपालका ठूला तथा साना उद्योगहरूले सामना गर्ने जोखिम तथा समाधानका उपायहरू सुझाइएको छ । यसले व्यवसायलाई जलवायु परिवर्तनसँग अनुकूलन गर्न सहज वातावरण बनाउन, जोखिम न्यूनीकरण रणनीति अबलम्बन गर्न, मूल्य शृङ्खला एवं जलवायु अनुकूलनबाट उत्पन्न हुने अवसरहरू कसरी पुँजीकरण गर्न सकिन्छ भन्ने विषयहरू प्रतिवेदनमा समेटिएका छन् ।

विश्वव्यापी जलवायु परिवर्तन र यसबाट नेपालले भोगेको असरका विषयमा नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रभावकारी ढंगले उठाउँदै आएको सन्दर्भमा निजी क्षेत्रले समेत यसलाई उच्च प्राथमिकता दिएको छ । जलवायु परिवर्तनबाट सिर्जित चुनौतीको सामना गर्न सरकार, नागरिक समाज, व्यावसायिक क्षेत्रबीचको सहकार्य महत्त्वपूर्ण छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय