अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१३ | Colorodo: 17:28

अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ

बिआरटीनेपाल २०८० मंसिर २७ गते ६:११ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५० वर्षीय जितेन्द्र मुलचन्द वावा छन् ।

एयर अरेबियाको उडानमा चढेर सारजाहबाट काठमाडौं आएका उनको साथबाट १८० ग्राम अवैध सुन बरामद भएको विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिनुभयो ।

ठकुरीका अनुसार उनले सर्ट तथा पाइन्टका बटम बनाएर सुन ल्याएको खुलेको छ । पक्राउ परेका जितेन्द्रमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय