अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:११ | Colorodo: 20:26

भारतको संघीय संसद् लोकसभामा आक्रमण प्रयास

बिआरटीनेपाल २०८० मंसिर २७ गते ६:०० मा प्रकाशित

भारतको संघीय संसद लोकसभाको बैठक चलिरहेका बेला बैठकमा आक्रमणको प्रयास भएको छ । लोकसभाको हिउँदे अधिवेशन अन्तर्गत वैठकमा सांसदहरुले बोल्ने क्रम जारी रहेको बेला दर्शक दीर्घाबाट हाम्फालेका दुई जना व्यक्तिले कलर स्प्रे प्रहार गरेका हुन । दर्शक दीर्घाबाट हाम्फालेका उनीहरु टेबुल माथि माथिबाट सभामुखको आसनतर्फ दौडिएका थिए । नारा लगाउँदै उनीहरुले जुत्तामा लुकाएर लगेको कलर स्प्रे छर्किएका थिए । कलर स्प्रेले संसद वैठकको हलमा धुँवा फैलिएको थियो ।

सन् २००१ मा भारतीय संसद भवन अगाडि १४ जनाको ज्यान जाने गरी भएको आतंककारी हमलाको बर्षगाँठको दिन पारेर आजको आक्रमण प्रयास भएको हो । घटना भएको बेला प्रधानमन्त्री नरेन्द्र मोदी भने हलभित्र हुनुहुन्थेन । आत्रलमकारीहरुलाई तत्कालै पक्राउ गरी अनुसन्धान अघि बढाइएको दिल्ली प्रहरीले जनाएको छ । घटनालगत्तै बैठक स्थगित गरिएको थियो । सांसदहरुले भारतीय संसदमा फेरि एक पटक आक्रमणको प्रयास भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू