अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 04:45

एमालेले देश र नागरिककाे हितकाे पक्षमा सङ्कल्प यात्रा शुरु गरेकाे हाे : अध्यक्ष ओली

बिआरटीनेपाल २०८० मंसिर २६ गते ६:१६ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देश र नागरिककाे हितको पक्षमा समृद्धिका लागि सङ्कल्प यात्रा अघि बढाएको बताउनुभएको छ । देश र नागरिककाे हितका लागि विकासको अभियानलाई तीव्रता दिन एमालेले सङ्कल्प यात्रा शुरु गरेकाले त्यसमा सबैले साथ दिनुपर्ने उहाँकाे भनाइ थियाे ।आज  ओलखढुङ्गाको हर्कपुरमा आयोजित सभामा अध्यक्ष ओलीले देश र नागरिककाे हितमा एमालेले राष्ट्रव्यापी अभियान सञ्चालन गरेकाले त्यसबाट कसैले पनि चित्त दुखाउनुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयाे । देशलाई समृद्ध बनाउन एमालेले मिसन–२०८४ पूरा गर्ने अठोट लिएको पनि उहाँले बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘वास्तवमा देश जाग्न पर्‍याे । तपाईँ हामी जाग्न पर्‍याे । हामी सबै देश बनाउने अभियानमा सरिक हुनुपर्छ । यो सङ्कल्प यात्रा कसैको विरुद्ध होइन । देशको पक्षमा, नागरिककाे पक्षमा, विकासको पक्षमा यो अभियान हो । त्यस कारण यसमा कसैले चित्त दुखाउनुपर्ने आवश्यकता छैन ।’ ओलीले राष्ट्र निर्माणको अभियानको नेतृत्व एमालेले लिने दाबी गर्दै त्यसमा साथ दिन पनि सबैलाई अपिल गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय