अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५ | Colorodo: 18:10

आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजीनामा

बिआरटीनेपाल २०८० मंसिर २६ गते ५:०० मा प्रकाशित

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिनुभएको छ । थानीले आज मङ्गलवार दिउँसो राजीनामा पत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जानकारी दिनुभयो । स्वतन्त्र भएर बस्छु भन्दै थानीले राजीनामा पत्र बुझाएको पनि मन्त्री रिजालले बताउनुभयो ।

भोलि बुधवारदेखि नै लागू हुनेगरी थानीले राजीनामा बुझाउनुभएको छ । उहाँले २०७८ साल फागुन २६ गते निगमको कार्यकारी निर्देशकको रूपमा नियुक्ति लिनुभएको थियो । तीन वर्षका लागि नियुक्त हुनुभएका थानीले एक वर्ष नाै महिनामै राजीनामा दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय