अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१९ | Colorodo: 07:34

दाङमा कुकुरले टाेकेकाे शङ्का गरिएका २ जना बालबालिकाकाे ज्यान गयाे

बिआरटीनेपाल २०८० मंसिर २५ गते ६:१३ मा प्रकाशित

दाङमा मङ्सिरको २ गते कुकुरले टोकेको शङ्का गरिएका २ जना बालबालिकाको २ दिनकाे अन्तरमा ज्यान गएको छ । दाङको घोराही उपमहानगरपालिका–१० उत्तर अमराइका उनीहरूको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । स्थानीय नरेश चौधरीकी ६ वर्षीया छोरी निलमको मङ्सिर २२ गते र गिरिराज वलीका ५ वर्षीय छोरा गम्भीरकाे हिजाे आइतवार ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) रामबहादुर केसीले जानकारी दिनुभयो ।

उनीहरूको हातखुट्टा तथा अनुहारमा जनावरले टोकेको घाउका खत थिए । ती बालबालिकाले सानो खैरो कुकुरले टोकेको भने पनि कुकुर, जङ्गली ब्वाँसाे या स्याल केले टोकेको पुष्टि हुन सकेको थिएन । उत्तर अमराई नजिकै वन छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय