अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१९ | Colorodo: 07:34

नेपाल–भारत सीमा समस्या चाँडो टुङ्ग्याउन जोड

बिआरटीनेपाल २०८० मंसिर २४ गते ५:४३ मा प्रकाशित

भारत भ्रमणमा रहेका नेपालका विद्यार्थी संगठनहरुले भारतीय जनता पार्टीलाई नेपाल–भारत सीमा समस्या चाँडो टुङ्ग्याउन जोड दिएका छन् । भाजपा विदेश विभागले गरेको अन्तरक्रियामा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनका अध्यक्षहरूले एक स्वरमा सीमा समस्या चाँडो टुङ्ग्याउन जोड दिएका हुन् । नेताहरूले सीमा समस्या नटुङ्ग्याए नयाँ पुस्ताबाट छलफल अगाडि बढाउनुपर्नेमा विद्यार्थी संगठनका भनाइ थियो ।

उनीहरुले नेपालका विश्वविद्यालय र भारती विश्वविद्यालयका विद्यार्थीहरुबीच एक्सचेन्ज कार्यक्रमलाई जोड दिएका थिए । अखिल भारतीय विद्यार्थी परिषद्को ६९ औं राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेविसंघ, अनेरास्ववियु अखिल क्रान्तिकारी लगायत विद्यालय संगठनका नेतृत्वकर्ता भारत पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय