अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशमाथि मङ्सिर २९ गते संसदीय सुनुवाइ हुने

बिआरटीनेपाल २०८० मंसिर २४ गते ५:४० मा प्रकाशित

सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशमाथि आउँदो मङ्सिर २९ गते संसदीय सुनुवाइ हुने भएको छ । आइतबार बसेको संसदीय सुनुवाइ समितिमा १० जना उजुरीकर्तासँग समितिले छलफल गरेको छ । उजुरीकर्तालाई समितिमा बोलाएर उनीहरुले प्रस्तावित सर्वोच्चका न्यायाधीश विरुद्ध उजुरी गर्नुको कारण र आधार समितिले मागेको छ ।

सर्वोच्चमा प्रस्तावित न्यायाधीश सारङ्गा सुवेदीविरुद्ध सबैभन्दा धेरै ५ वटा उजुरी परेको छ । यस्तै टेकप्रसाद ढुङ्गानाविरुद्ध ३ वटा र अर्का प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमान विरुद्ध १ वटा उजुरी परेको छ । अन्य प्रस्तावित न्यायाधीशहरू सुनील पोखरेल, महेश शर्मा पौड्याल र बालकृष्ण ढकालविरुद्ध भने उजुरी परेको छैन । सुनुवाइ समितिमा ज्येष्ठ सदस्यको रूपमा सभापतिको भूमिकामा रहेका ज्ञानेन्द्रबहादुर कार्कीले सुनुवाइ समितिको बैठक मङ्सिर १९ गते बस्ने बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय