अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३९ | Colorodo: 12:54

अन्तर्राष्ट्रिय मानवअधिकार दिवस नेपालमा पनि मनाईयो

बिआरटीनेपाल २०८० मंसिर २४ गते ५:०१ मा प्रकाशित

आज ७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस । भविष्यमा मानवअधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लैजाऔँ भन्ने मूल नारासहित नेपालमा पनि विविध कार्यक्रमका गरी यो दिवस मनाइएको छ । यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश दिंदै मानवअधिकारको सम्मान, संरक्षण र संवद्र्धन भएमा मात्र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताउनु भएको छ । राष्ट्रपति पौडेलले कानुनी राज्यको भरपर्दो व्यवस्थासँगै मानवअधिकारको प्रत्याभूतिबाट कुनै पनि नागरिक बञ्चित हुनु नपर्ने जानकारी दिनुभयो ।

शुभकामना सन्देशमा उहँले संघ, प्रदेश, स्थानीय तह र सामाजिक संघसंस्था, सञ्चारमाध्यम तथा निजी क्षेत्रको सक्रियताबाट लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा नसमेटिएका समुदायको हकअधिकार, स्वतन्त्रता र न्यायको अनुभूति हुन सकेमा मात्र मानवअधिकार दिवसले सार्थकता पाउने उल्लेख गर्नुभयो । यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले अनुमोदन गरेका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिबद्धता पूरा गर्न सरकार निरन्तर रुपमा क्रियाशील रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले जातीय, क्षेत्रीय, लैङ्गिक तथा परम्परागत विभेदका कारणलाई सम्बोधन गर्न संविधानमा मौलिक हकको व्यवस्था भए बमोजिम कानुन बनाइ मानवअधिकारको प्रत्याभूति दिलाउन सरकार प्रयत्नशील रहेको बताउनुभयो । संयुक्त राष्ट्रसंको महासभाबाट मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मृतिमा प्रत्येक वर्ष डिसेम्बर १० मा विश्वभर यो दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय