राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकार प्रवर्द्धन हुने गरी चलचित्र निर्माण गर्न निर्माताहरूलाई आग्रह गर्नुभएको छ । शनिबार काठमाडौंमा ११औँ नेपाल मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३ को उद्घाटन समारोहमा उहाँले आयोगले मानवअधिकार प्रवर्द्धनका निम्ति प्रभावकारी माध्यम भएकाले चलचित्र निर्माताहरूसँगको सहकार्यलाई जोड दिएको र त्यसलाई निरन्तरता दिने सोच अघि बढाएको बताउनुभयो ।
“फिल्मले हाम्रो ह्युमन राइट्सलाई प्रोटेक्ट गर्न, प्रमोट गर्न र अवारनेस गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । जस्तो, हामीले – राष्ट्रिय मानवअधिकार आयोगले पनि सहकार्य गरेर फिल्मको माध्यमद्वारा कसरी जान सकिन्छ भन्ने कुराहरूमा हामी अघि बढिराखेका छौँ,” उहाँले भन्नुभयो, “विगतमा पनि साथ दिएका छौँ । पछि पनि साथ दिँदै जानेछौँ । सोसाइटीले ह्युमन राइट्स प्रोटेक्टका लागि रोल खेलिराखेको हुन्छ भन्ने मैले राख्न चाहे । किनभने, सबै राइट्सहरू ह्युमन राइट्स हुन् । फिल्मबाट ह्युमन राइट्स प्रोटेक्ट गर्नका लागि प्रभावकारी हुनसक्छ भन्ने बारेमा हामी लागिपरेका छौँ ।”
अध्यक्ष मगरले सबै अधिकार मानवअधिकारभित्र पर्ने भएकाले पनि चलचित्र निर्माताले यसको प्रवर्द्धनमा जोड दिन आवश्यक रहेको बताउनुभयो ।
