अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०५ | Colorodo: 22:20

गाजामा युद्धविराम रोक्न राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पेस भएको प्रस्तावमा अमेरिकाको भिटाे

बिआरटीनेपाल २०८० मंसिर २३ गते ६:०२ मा प्रकाशित

गाजा क्षेत्रमा भइरहेको युद्ध रोक्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पेस भएको प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ । जसका कारण यो प्रस्ताव पारित हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।सुरक्षा परिषद्को हिजो भएको आपत्कालीन बैठकमा यूएईले गाजामा तत्काल एक मानवीय युद्धविराम लागू गर्न माग गर्दै प्रस्ताव पेस गरेको थियो । यो प्रस्तावमा १३ सदस्य देशले समर्थन गर्दै मत दिएका थिए भने अमेरिकाले भिटो प्रयोग गरेको खबरमा उल्लेख छ । बेलायत भने मतदानमा सहभागी नै भएन ।

अमेरिकाले तत्काल युद्धविराम गर्नु समस्याको समाधान नभएको प्रतिक्रिया दिएको छ । बैठकमा महासचिव एन्टोनियो गुटेरेसले लागू गर्नु भएको धारा ९९ बारे छलफल भएको थियो । इजरायलले गाजा क्षेत्रमा युद्ध बढाए पछि त्यहाँका हजारौँ नागरिकले संयुक्त राष्ट्रसङ्घको विद्यालयमा शरण लिने प्रयास गरेका छन् । इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीच भइरहेको युद्धमा परेर १७ हजार भन्दा धेरैको ज्यान गइसकेको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू