अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४१ | Colorodo: 23:56

कमल थापाको दाबी- अहिलेको व्यवस्था कायम रहिरहे नयाँ तानाशाह जन्मिन्छ

बिआरटीनेपाल २०८० मंसिर १६ गते ५:५५ मा प्रकाशित

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य आजको प्रमुख आवश्यकता भएको बताउनुभएको छ । अहिलेकै व्यवस्था कायम रहे नयाँ तानाशाहको जन्म हुने भन्दै थापाले देश बचाउन र बनाउन राजसंस्था, हिन्दू राष्ट्र पक्षधर र संघीयता नचाहने बीच तत्काल मोर्चा निर्माण गरि नयाँ जनआन्दोलनमा जान जरुरी भएको आबश्यकता औल्याउनुभयो ।

थापाले संवैधानिक अङ्ग, न्यायालय, प्रशासनिक क्षेत्र लगायत अन्य सबै क्षेत्रमा कब्जा जमायर सर्वसत्तावाद लाद्ने दुष्प्रयास भैरहेको भन्दै उनले त्यसको प्रतिबाद हुनुपर्नेमा जोड दिनुभयो । असक्षम, असफल र अदुररदर्शीहरुले मुलुकमा ब्रम्हलुट गरिरहेको भन्दै थापाले मुलुकको स्वाधिनको रक्षाको निमित्त एकपटक सबै सडकमा आउनु पर्ने समय आएको समेत बताउनुभयो । उहाँले आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभयो ।

राप्रपा नेपाल काठमाडौं जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा नेताहरु जयकुमार खड्का, तारानाथ लुईटेल, इन्द्र चित्रकार, राजाराम बर्तौला, श्याम घिमिरे लगायतले संगठन सुदृढीकरण र आन्दोलनको तयारी बारे बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय