अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१८ | Colorodo: 02:33

राजसंस्थाका विषयमा जनमतसंग्रह गर्न दुर्गा प्रसाईंको चुनौती

बिआरटीनेपाल २०८० मंसिर १६ गते ५:४० मा प्रकाशित

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मुलुकमा स्थायी रूपमा शान्ति कायम गर्न राजतन्त्र आवश्यक रहेको तर्क गर्नुभएको छ। शनिबार ललितपुरको लगनखेलमा आयोजित सभामा उहाँले गणतन्त्रका कारण मुलुकमा स्थायी शान्ति हुन नसकेको जिकिर गर्नुभयो । स्थायी रूपमा शान्ति कायम गर्न राजतन्त्र आवश्यक रहेको प्रसाइको भनाइ छ ।

उहाँले कार्यकारी प्रधानमन्त्री, हिन्दुराष्ट्र, प्रदेश खारेज र राजसंस्थाका विषयमा जनमतसंग्रह गर्न चुनौती दिनुभयो । प्रसाईंले आफूलाई विभिन्न स्थानमा कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको उल्लेख गर्नुभयो । प्रतिबन्धको असर आफूलाई नभई लगाउनेलाई नै हुने प्रसाइले बताउनुभयो । आफूहरूको आन्दोलन नागरिकको गाँस, बास र कपासका निम्ति भएको उहाँले जिकिर गर्नुभयो। प्रसाइले देश र स्वास्थ्य क्षेत्रलाई समाप्त पार्न तोसिमा कार्कीले डा। गोविन्द केसीलाई प्रयोग गरेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय