अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३२ | Colorodo: 21:47

ठूला दलको नेतृत्वमा बस्नेहरूको आचरणका कारण जनतामा निराशा बढ्यो : शेखर कोइराला

बिआरटीनेपाल २०८० मंसिर १५ गते ६:३७ मा प्रकाशित

नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले ठूला दलका नेताहरूको आचरणका कारण जनतामा चरम निराशा छाएको बताउनुभएको छ । शुक्रवार नवलपरासीमा आयोजित एक कार्यक्रममा उहाँले सबै ठूला राजनीतिक दलको नेतृत्वमा बस्नेहरूमा इच्छाशक्ति नभएकै कारण जनतामा निराशा छाएको बताउनुभयो ।

जनतालाई आशा जगाउने र हाम्रै नेताहरूले देश बनाउन सक्छन् भन्ने सन्देश दिनु अहिलेको आवश्यकता भएको कोईरालाको भनाइ छ । राजनीतिक दलको नेतृत्वमा बस्नेहरूले कुनै कालखण्डमा देश र प्रजातन्त्रको लागि राम्रो काम गरेको बताउँदै कोइरालाले भन्नुभयो, ुअब जनतामा आशा जगाउन र देशलाई नयाँ ढंगले समृद्धिको बाटोमा लैजान उहाँहरूले ससम्मानपूर्वक नेतृत्व छाड्नुपर्छु ।

नेपाली कांग्रेस नवलपरासी पश्चिमको प्रथम जिल्ला सम्मेलनलाई परासीमा सम्बोधन गर्दै नेता कोइरालाले गुट र उपगुटको चौघेरामा रमाउन छाडेर जनताका पक्षमा रचनात्मक काम गर्न पनि कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय