अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४७ | Colorodo: 16:02

भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

बिआरटीनेपाल २०८० मंसिर १५ गते ५:५८ मा प्रकाशित

उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले पूर्वमन्त्री टोपबहादुर रायमाझी, इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ९ जनालाई थुनामा राख्ने जिल्ला अदालत पाटनले आदेश दिएको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नको आरोपमा पक्राउ परेका पूर्वमन्त्री बालकृष्ण खाँण र टोपबहादुर रायमाझी । त्यस्तै, इन्द्रजित राई, तत्कालिन गृहसचिव टेकनारायण पाण्डेलगायत २० जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । उनीहरुले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए । सरकारले उनीहरु विरुद्ध ठगी, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा अघि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय