अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२१ | Colorodo: 16:36

क्यानडाको राजदूतमा सिफारिस पौड्यालकाे नाम सुनुवाइ समितिबाट अनुमोदन

बिआरटीनेपाल २०८० मंसिर १० गते ५:३३ मा प्रकाशित

संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पाैड्यालको नाम अनुमोदन गरेको छ । आज आइतवार बसेको समितिको बैठकले पौडेलसँगको छलफल र सुनुवाइपछि नाम अनुमोदन गरेको हो ।यसअघि क्यानडाका लागि प्रस्तावित नेपाली राजदूत भरतराज पौड्यालविरुद्ध पदीय दुरुपयोगको उजुरी परेको थियो । पौड्यालले सरकारी कर्मचारीलाई आएको छात्रवृत्ति छोरीलाई दिलाएर स्विट्जरल्यान्ड पठाएको आरोपसहित संसदीय समितिमा उजुरी परेको थियो । सरकारी कर्मचारी जानुपर्ने कोटामा छोरी पल्लवीलाई स्विट्जरल्यान्ड पठाएको उजुरीमा उल्लेख छ ।

स्विट्जरल्यान्ड सरकारले खान बस्नका लागि मासिक छ लाख रुपैयाँ दिने भए पनि छोरीलाई दूतावासको सरकारी आवास गृहमा राखेर राज्यकोषमा भार पारेको समेत उजुरीकर्ताले आरोप लगाएका थिए । तर सुनुवाइ समितिमा पौड्यालले आरोपकाे खण्डन गर्नुभएको थियो । मन्त्रिपरिषद्को बैठकले गएको कात्तिक ३ गते परराष्ट्र मन्त्रालयका सचिव पौड्याललाई क्यानडाका लागि राजदूत सिफारिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय